कालीगण्डकीको बाढीले म्याग्दीको रातोपानीस्थित तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेका तातोपानी कुण्ड कालीगण्डकी नदीको बाढीका कारण बगरमा परिणत भएका छन्।
यही असोज ८ देखि ११ गतेसम्म परेको झरीपछि कालीगण्डकीमा आएको बाढीले कुण्डहरू बगरमा परिणत भएका हुन्। बाढीपछि कुण्ड रहेको स्थानमा अहिले बगर मात्र देखिन्छ।
रातोपानीका तातोपानी कुण्ड प्राकृतिक उपचार र पर्यटकीय स्थलका रूपमा विकास हुन थालेका थिए। यो स्थान बेनी–जोमसोम सडकको छेउमा पर्छ।
यहाँ प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्री तापक्रमको तातोपानी निस्कने मुहान छ। बाढीले कुण्ड बगरमा परिणत गरेपछि प्राकृतिक उपचार र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको यो स्थल प्रभावित भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


