कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएकाले उपत्यकाको फोहोर संकलनमा असर पर्ने महानगरले जानकारी दिएको हो।
महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट कात्तिक १ गतेदेखि तीन दिनका लागि पूर्ण रूपमा बन्द हुने जनाएको छ। दसैँको समयमा यो अवस्था आउन लागेको हो।
महानगरले उपत्यकावासीलाई घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा जथाभावी नफाल्न आग्रह गरेको छ। 'आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,' महानगरको सूचनामा भनिएको छ।
यो अवधिमा फोहोर संकलन प्रभावित हुने भएकाले नागरिकलाई फोहोर आफ्नै घर तथा कम्पाउन्डभित्र सुरक्षित राख्न महानगरले अनुरोध गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


