चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुरको स्थानीय प्रशासनले चाडपर्वका बेला कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
प्रशासनले खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न र कालोबजारी नगर्न भनेको छ। अस्वाभाविक रूपमा मूल्य नबढाउन पनि आग्रह गरिएको छ।
गुणस्तरहीन खाद्यवस्तु तथा म्याद गुज्रेका वस्तु बिक्रीवितरण नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
दसैँ, तिहारलगायत चाडपर्वका बेला बजारमा माग बढ्ने भएकाले प्रशासनले यस्तो आग्रह गरेको हो। प्रशासनको यो आग्रह महेन्द्रनगरबाट सार्वजनिक गरिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

