भोटेकोशी–त्रिशूली बाढीले क्षति पुर्याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले ती पुलहरू मर्मत गरेको हो। पुल मर्मतमा करिब साढे ५ करोड रुपैयाँ खर्च भएको छ।
भोटेकोशीमा भदौ १० गते आएको बाढीले त्रिशूली करिडोरमा रहेका धेरै संरचनामा क्षति पुर्याएको थियो। झोलुङ्गे पुलहरू बिग्रिँदा नदी वारपार गर्ने स्थानीयको आवतजावत प्रभावित भएको थियो।
मर्मतपछि ती १८ पुलबाट फेरि आवतजावत सुरु भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


