३० असोज २०८३ English
English

औषधि व्यवस्था विभाग राष्ट्रिय एकद्वार प्रणालीमा जोडियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
औषधि व्यवस्था विभाग राष्ट्रिय एकद्वार प्रणालीमा जोडियो

YouTube मा सब्स्क्राइब

औषधि व्यवस्था विभाग भन्सार विभागले सञ्चालन गर्दै आएको राष्ट्रिय एकद्वार प्रणालीमा जोडिएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले यसको शुभारम्भ गर्नुभएको छ। अब भन्सारसँग जोडिएका औषधि व्यवस्था विभागका सबै कागजी काम यही प्रणालीमार्फत अनलाइनबाट हुनेछन्।

महानिर्देशक भट्टराईका अनुसार भन्सार जाँचपाससँग सम्बन्धित विभागका सेवा अनलाइनबाट दिन यो व्यवस्था गरिएको हो। यसअघि औषधिसँग जोडिएका सबै काम कागजी रूपमा हुँदै आएका थिए। अब सेवाग्राहीको काम छिटोछरितो हुने उहाँको भनाइ छ।

कर्मचारी अभावका बेला यो प्रणाली विभागका लागि उपयोगी भएको उहाँले बताउनुभएको छ। आयुर्वेद र फर्मा दुवै क्षेत्र यस प्रणालीमा समेटिएको उहाँले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार