एकैपटक १ हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

सशस्त्र प्रहरी बलका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी बिहीबार दीक्षित भएका छन्। मातातीर्थस्थित प्रशिक्षण प्रतिष्ठानसहित देशभरका १० तालिम शिक्षालयमा २०८२ मंसिर १९ गतेदेखि सि.सं. २३९ आधारभूत तालिम चलेको थियो।
तालिममा जवानले सैद्धान्तिक र व्यावहारिक ज्ञानसँगै फौजी कला, सीप र पेसागत दक्षता सिकेका छन्। सबैभन्दा धेरै २३३ जना नुवाकोटको ककनीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालयबाट दीक्षित भएका छन्। मातातीर्थबाट १२३, पश्चिम नवलपरासीको बर्दघाटस्थित सीमा सुरक्षा तालिम शिक्षालयबाट १२५ र कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ११९ जना दीक्षित भएका छन्।
झापाको पाथिभराबाट ११७, सप्तरीको दन्तकालीबाट ११६ र बाँकेको नौबस्ताबाट पनि ११६ जना तालिम सकेर निस्किएका छन्। त्यस्तै, पोखराको लामापाटनबाट ११५ र कैलालीको टीकापुरबाट ११३ जना दीक्षित भएका छन्। बाँकी जवान बडिमालिका तालिम शिक्षालयबाट दीक्षित भएका छन्।
दीक्षित जवान राष्ट्र र नागरिकको सेवा गर्ने उद्देश्यसहित आजैदेखि कार्यक्षेत्रमा खटिएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


