३० असोज २०८३ English
English

दसैँ बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

YouTube मा सब्स्क्राइब

राष्ट्रिय मानव अधिकार आयोग र यसका मातहतका कार्यालयहरू बडादसैँको बिदाका दिनमा पनि खुला रहने भएका छन्। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार बिदाका दिनमा कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा रहनेछन्।

यो व्यवस्था आयोगको केन्द्रीय कार्यालयसँगै प्रदेश र शाखा कार्यालयहरूमा पनि लागू हुनेछ। बिदाको अवधिमा मानव अधिकार उल्लङ्घनका घटनाबारे उजुरी लिने र आकस्मिक प्रकृतिका घटनाको अनुगमन गर्ने काम हुनेछ। प्रवक्ता पोखरेलले कार्यालयहरू आकस्मिक प्रयोजनका लागि खुला राखिएको स्पष्ट पार्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार