३० असोज २०८३ English
English

थप चार पालिकालाई स्वीकृति, भूमि बैंक भएका स्थानीय तह ९ पुगे

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
थप चार पालिकालाई स्वीकृति, भूमि बैंक भएका स्थानीय तह ९ पुगे

YouTube मा सब्स्क्राइब

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। स्वीकृति पाउनेमा गुल्मीका सत्यवती, मदाने र धुर्कोट गाउँपालिका तथा पाल्पाको रिब्दीकोट गाउँपालिका छन्। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार यससँगै भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या नौ पुगेको छ।

यसअघि तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका, कास्कीको रुपा गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकाले स्वीकृति पाएका थिए। भूमि बैंकले पालिकाभित्रका बाँझो र प्रयोगमा नआएका निजी जग्गा पहिचान गरी अभिलेख राख्नेछ र तिनलाई कृषि उत्पादनमा लगाउनेछ। जग्गाको स्वामित्व धनीकै नाममा रहनेछ भने सम्झौताअनुसार जग्गा उपयोगमा दिएबापत धनीले तोकिएको प्रतिफल पाउनेछन्।

जग्गा उपलब्ध गराउँदा भूमिहीन, सुकुमबासी, साना किसान, दलित, सीमान्तकृत र आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार