३० असोज २०८३ English
English

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ: प्रचण्ड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ: प्रचण्ड

YouTube मा सब्स्क्राइब

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको सर्वाङ्गीण विकास गर्न मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउनुभएको छ। काठमाडौँस्थित नेकपाको केन्द्रीय कार्यालयमा बिहीबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यो धारणा राख्नुभएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले जनताले लामो सङ्घर्ष गरेर हासिल गरेका राजनीतिक उपलब्धि जोगाउनुपर्ने बताउनुभएको छ।

मुलुकको आर्थिक तथा सामाजिक विकासलाई गति दिनुपर्ने र विपत्ति आइपर्दा सबै मिलेर भार बाँड्नुपर्ने उहाँको भनाइ छ। विभिन्न दल र समूहमा छरिएर रहेका कम्युनिष्टहरू एउटै पङ्क्तिमा आउनुपर्ने पनि उहाँले बताउनुभएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षाका लागि पार्टीका नेता र कार्यकर्ता जस्तोसुकै त्याग गर्न तयार रहनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

सोही कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले समाजमा रहेको विभेद अन्त्य नभएसम्म समृद्ध नेपालको सपना साकार हुन नसक्ने धारणा राख्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार