३० असोज २०८३ English
English

अलोकतान्त्रिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिको अनुसन्धान होस्: ओली

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अलोकतान्त्रिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिको अनुसन्धान होस्: ओली

YouTube मा सब्स्क्राइब

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक र आपराधिक तरिका अपनाएर सत्ता फेर्ने तथा आफूअनुकूल सरकार बनाउने प्रवृत्तिबारे अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो। पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला राजनीतिक तथा अन्य घटनाले 'समृद्ध नेपाल, सुखी नेपाली' को लक्ष्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्नुभएको छ।

तर यसलाई असफलता वा पराजय मान्न नमिल्ने उहाँको तर्क छ। आफ्नो कार्यकालका सामाजिक सुधारलाई उहाँले समाजवादउन्मुख कदम भन्नुभएको छ। सडक बालबालिकामुक्त राष्ट्र घोषणा र भिक्षा माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको परिणाम बताउनुभएको छ।

ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि 'खोलौँ खाता' अभियानलाई उहाँले मानवतावादी काम भन्नुभएको छ। ओलीका अनुसार कुनै रोजगारीको वास्तविक मूल्य कति घण्टा काम गरियो भन्नेले होइन, त्यसले दिने पर्याप्त आम्दानीले निर्धारण हुन्छ। उत्पादन बढाउने, आम्दानीका स्रोत सिर्जना गर्ने र परिवारका आधारभूत आवश्यकता धान्ने रोजगारी दिनेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

पार्टी र सरकारका नीति अड्कलका भरमा नभई गहिरो अनुसन्धान र तथ्यका आधारमा बन्नुपर्ने पनि ओलीले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार