३० असोज २०८३ English
English

सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको राष्ट्रिय जनमुक्ति पार्टीको आरोप, दुई दिन बिदा खारेज गर्न माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको राष्ट्रिय जनमुक्ति पार्टीको आरोप, दुई दिन बिदा खारेज गर्न माग

YouTube मा सब्स्क्राइब

राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले ६ महिनाको कार्यकालमा भ्रष्टाचार नियन्त्रण र सुशासनमा ठोस काम गर्न नसकेको आरोप लगाएको छ। पार्टीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी रूपन्देहीमा सम्पन्न आफ्नो १२औँ राष्ट्रिय भेलाका निर्णयहरू सार्वजनिक गरेको छ। भेलाले संगठनात्मक गतिविधिसँगै सरकारको ६ महिने कामको समीक्षा गरेको जानकारी अध्यक्ष केशव सूर्यवंशीले दिनुभएको छ।

उहाँका अनुसार कार्यदक्षता, जनअपेक्षा र राष्ट्रिय आवश्यकताका हिसाबले सरकारको काम सन्तोषजनक छैन। जनतामा फैलिएको निराशा हटाउन सरकारले कुनै ठोस कदम चाल्न नसकेको अध्यक्ष सूर्यवंशीको टिप्पणी छ। आगामी ६ महिनामा पनि कार्यशैली नसुध्रिए देशभर निराशा झन् गहिरिने उहाँले चेतावनी दिनुभएको छ।

जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य रहेको सम्झाउँदै उहाँले सरकारलाई भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्नुभएको छ। पार्टीले दुई दिने बिदाको व्यवस्था तत्काल खारेज गर्न पनि माग गरेको छ।

स्रोत

सम्बन्धित समाचार