३० असोज २०८३ English
English

यमनको अदनस्थित राष्ट्रपति भवनमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यमनको अदनस्थित राष्ट्रपति भवनमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
तस्बिर: अनलाइनखबर

यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपति भवन अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। आक्रमणमा १६ जना घाइते भएका छन्।

सीएनएनका अनुसार इरान समर्थित हुथी विद्रोहीले बिहीबार राष्ट्रपति भवनलाई निसाना बनाएर पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए।

मृत्यु हुनेमा दुई जना सुरक्षागार्ड पनि छन्। आक्रमण हुँदा प्रधानमन्त्री र केही मन्त्रीहरू राष्ट्रपति भवन परिसरमै थिए।

अदन यमनको दक्षिणी बन्दरगाह सहर हो। आक्रमणमा मृत्यु हुने र घाइतेबारे थप विवरण भने सार्वजनिक भइसकेको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार