३० असोज २०८३ English
English

प्रकृति संरक्षणका प्रतिबद्धता पूरा गर्न विश्व असफल: गुटेरेस

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रकृति संरक्षणका प्रतिबद्धता पूरा गर्न विश्व असफल: गुटेरेस

YouTube मा सब्स्क्राइब

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले प्रकृति जोगाउन विश्वले गरेका वाचा पूरा हुन नसकेको बताउनुभएको छ। अर्को हप्ता हुने जैविक विविधतासम्बन्धी विश्व सम्मेलनअघि बिहीबार प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो। आर्मेनियाको येरेभानमा पत्रकारसँग कुरा गर्दै महासचिव गुटेर्रेसले प्रगतिका धेरै मुख्य पक्ष अझै लागू नभएको प्रतिवेदनले देखाएको उल्लेख गर्नुभएको छ।

उहाँले प्रकृतिविरुद्धको युद्ध अझै नटुङ्गिएको पनि बताउनुभएको छ। चार वर्षअघि सन् २०३० सम्म प्रकृति विनाश रोक्ने र उल्टाउने ऐतिहासिक सम्झौता भएको थियो। झन्डै २०० राष्ट्र सोमबार येरेभानमा हुने राष्ट्रसङ्घीय जैविक विविधता वार्तामा भेला हुँदै छन्।

'प्रकृतिका लागि पेरिस सम्झौता' भनेर चिनिने उक्त सम्झौताले २३ वटा लक्ष्य तोकेको छ। तीमध्ये प्रदूषण कम गर्ने, लोप हुन लागेका प्रजाति जोगाउने र विश्वको करिब ३० प्रतिशत भूभाग तथा समुद्र संरक्षित गर्ने लक्ष्य प्रमुख छन्।

स्रोत

सम्बन्धित समाचार