३० असोज २०८३ English
English

गाजामा नागरिकमाथि इजरायली आक्रमण जारी रहेकोमा राष्ट्रसङ्घको चिन्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गाजामा नागरिकमाथि इजरायली आक्रमण जारी रहेकोमा राष्ट्रसङ्घको चिन्ता

YouTube मा सब्स्क्राइब

संयुक्त राष्ट्रसङ्घले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा आम नागरिकमाथि इजरायली आक्रमण नरोकिएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै नागरिक तथा भौतिक संरचना जोगाउन आह्वान गरेको छ। मानवीय मामिला समन्वय गर्ने राष्ट्रसङ्घीय कार्यालय ओसिएचएका अनुसार मङ्गलबार र बुधबार गाजाका सबै प्रान्तमा हवाई आक्रमण, गोलाबारी, विस्फोट र गोलीबारी भएका छन्। इजरायली सेनाको नियन्त्रण क्षेत्र छुट्याउन तोकिएको सीमारेखाको पश्चिमी भागमा यस्ता घटना बढी देखिएका छन्।

जाडो र वर्षा नजिकिँदै गर्दा राष्ट्रसङ्घ र साझेदार संस्थाले गाजामा इन्धन, त्रिपाल, न्यानो कपडा, औषधि र स्वास्थ्य सामग्री पठाइरहेका छन्। तर आपूर्ति सीमित हुनु, आर्थिक स्रोत अपुग हुनु र इजरायली प्रतिबन्धका कारण राहत वितरणमा अवरोध भइरहेको ओसिएचएले जनाएको छ। यसैबीच, इजरायली सेनाले मङ्गलबार वेस्ट ब्याङ्कको रमल्लाहमा प्यालेस्टिनी नागरिक समाजका संस्थाका कार्यालयमा छापा मारेको राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय ओएचसीएचआरले पुष्टि गरेको छ।

छापाका क्रममा सेनाले कागजात जफत गरेको र केही व्यक्तिलाई हिरासतमा लिएको कार्यालयले उल्लेख गरेको छ।

स्रोत

सम्बन्धित समाचार