३० असोज २०८३ English
English

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

रूपन्देही जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ।

घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा व्यावसायिक फर्म बन्द भएका छन्। यीमध्ये साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म दुवै छन्।

लगानीअनुसार प्रतिफल नपाएपछि उद्योग र व्यवसाय बन्द गर्नेको संख्या बढेको बताइएको छ। लगानी गरेर सञ्चालनमा आएका उद्योग तथा फर्महरू पनि कारोबार बन्द गरेर दर्ता खारेज गर्न कार्यालय पुग्ने क्रम बढेको छ।

उद्योग तथा व्यावसायिक फर्म बन्द भएको यो तथ्याङ्क भैरहवास्थित घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार