पूर्वराजा ज्ञानेन्द्रको दसैँ शुभकामना : शोकलाई शक्तिमा बदलेर अघि बढ्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ का अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले प्राकृतिक विपद्को सन्दर्भ उल्लेख गर्दै शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै अघि बढ्न आग्रह गरेका छन्।
सन्देशमा पूर्वराजा शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक र प्रशासनिक क्षेत्र अव्यवस्था र अन्योलमा रहेको भन्दै चिन्ता जनाएका छन्।
विपद्ले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र पीडित नागरिकको पुनःस्थापनाका लागि बाह्य सहयोग लिँदा सचेत रहन पनि उनले आग्रह गरेका छन्।
यसै वर्ष असोजमा परेको अविरल वर्षा र भदौमा भोटेकोशीमा आएको बाढीलगायत विपद्मा ठूलो जनधनको क्षति भएको छ। यस्तै अवस्थाबीच दसैँ मनाइँदै गर्दा पूर्वराजाले शुभकामना सन्देश सार्वजनिक गरेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


