गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएसका ५० सिट, यसै सत्रदेखि पठनपाठन

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विश्वविद्यालयका लागि सिट निर्धारण गरेको हो।
आयोगले उक्त विश्वविद्यालयमा एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरेको छ। नर्सिङतर्फ भने २० सिट निर्धारण गरिएको छ।
सिट निर्धारणसँगै गेटास्थित विश्वविद्यालयमा चालु शैक्षिक सत्रबाटै चिकित्सा शिक्षाको अध्ययन सुरु हुने भएको हो।
यसैबीच, चिकित्सा शिक्षा आयोगले यस वर्ष चिकित्सा शिक्षामा पोहोरभन्दा ४१८ सिट वृद्धि गरेको छ। निजी मेडिकल कलेजको सिट सङ्ख्या भने यथावत् राखिएको आयोगले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


