३१ असोज २०८३ English
English

कालीगण्डकीको कटानपछि म्याग्दीको सदरमुकाम बेनीबाट सार्ने मन्त्रीको प्रस्ताव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कालीगण्डकीको कटानपछि म्याग्दीको सदरमुकाम बेनीबाट सार्ने मन्त्रीको प्रस्ताव

YouTube मा सब्स्क्राइब

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट अन्यत्र सार्नुपर्ने प्रस्ताव गर्नुभएको छ। म्याग्दीबाटै निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले असोज ३० गते बिहान जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कार्यालय प्रमुखसँगको छलफलमा यो धारणा राख्नुभएको हो। नदी कटान र बाढीपहिरोको उच्च जोखिम भएकाले सदरमुकामलाई सुरक्षित र उपयुक्त ठाउँमा लैजानुपर्ने उहाँको तर्क छ।

जोखिमपूर्ण क्षेत्र जति जोगाए पनि प्राकृतिक विपद् रोक्न नसकिने भएकाले विकल्प खोज्नुपर्ने मन्त्री पुनले बताउनुभएको छ। सदरमुकाम कहाँ सार्ने र बेनीलाई संरक्षण गर्ने कि स्थानान्तरण गर्ने भन्नेमा अब छलफल गर्नुपर्ने उहाँको भनाइ छ। असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षापछि कालीगण्डकीमा आएको बाढीले बेनी नगरपालिका-८ गणेशटालको पक्की तटबन्ध भत्काएको छ।

बेनीको कुनातर्फको भिरालो पाखामा जमिन चिरिएर पहिरो खस्न थालेको छ।

स्रोत

सम्बन्धित समाचार