३१ असोज २०८३ English
English

जाडोमा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुनसक्ने आईओएमको चेतावनी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जाडोमा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुनसक्ने आईओएमको चेतावनी

YouTube मा सब्स्क्राइब

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले आगामी जाडोमा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुन सक्ने चेतावनी दिएको छ। रुसी आक्रमणले नागरिक ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याउँदा बिजुली, ताप र खानेपानी आपूर्ति प्रभावित भएको संगठनले जनाएको छ। युरोप र मध्य एसियाका लागि आईओएमका क्षेत्रीय निर्देशक आर्थर एर्केनले यो जाडो युद्ध थालिएपछिकै सबैभन्दा कठिन हुन सक्ने बताउनुभएको छ।

उहाँका अनुसार स्थिति बिग्रिए धेरै मानिस फेरि घर छाड्न बाध्य हुन सक्छन्। आईओएमका अनुसार करिब ३६ लाख युक्रेनी अहिले पनि देशभित्रै विस्थापित अवस्थामा छन्। करिब ३८ लाख मानिस घर फर्किसकेका छन्, जसमध्ये झन्डै १४ लाख ५० हजार युद्धको अग्रमोर्चा नजिकका जिल्लामा छन्।

तीमध्ये करिब ५ लाख ६५ हजार खार्किभ क्षेत्रमा बसोबास गर्छन्।

स्रोत

सम्बन्धित समाचार