३१ असोज २०८३ English
English

निक्कीको अध्यक्षमा कुनाल कायल सर्वसम्मत निर्वाचित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
निक्कीको अध्यक्षमा कुनाल कायल सर्वसम्मत निर्वाचित

YouTube मा सब्स्क्राइब

नेपाल–भारत उद्योग वाणिज्य संघ, निक्कीको अध्यक्षमा कुनाल कायल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। काठमाडौंको द एभरेस्ट होटलमा असोज २९ गते बसेको संघको ३२औं वार्षिक साधारणसभाले सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। कायल यसअघि निवर्तमान अध्यक्ष सुनिल केसीको कार्यकालमा उपाध्यक्ष र श्रीजना राणाको कार्यकालमा कोषाध्यक्ष रहिसक्नुभएको छ।

साधारणसभाबाट चुनिएको ९ सदस्यीय कार्यसमितिको पहिलो बैठकले प्रमुख पदमा मनोनयन गरेको छ। करणकुमार चौधरी र गौरव तायल उपाध्यक्ष, वर्णन लामिछाने महासचिव तथा शैलजा अधिकारी कोषाध्यक्ष बन्नुभएको छ। सञ्जय अग्रवाल, रमेश शर्मा, शैलेन्द्र गुरागाइँ, शशिकान्त अग्रवाल, सुशन कर्माचार्य, विनय उपाध्याय, आशिक श्रेष्ठ र चन्द्र टण्डन कार्यसमिति सदस्य हुनुहुन्छ।

कार्यसमितिमा ऊर्जा, उत्पादन, शिक्षा, दूरसञ्चार र व्यापार क्षेत्रका व्यवसायी समेटिएका छन्। निवर्तमान अध्यक्ष केसीले २ वर्षे कार्यकाल पूरा गरेर नेतृत्व हस्तान्तरण गर्नुभएको छ। उहाँको कार्यकालमा सचिवालय सुधार, सरकारसँगको सम्बन्ध विस्तार र नयाँ उद्यमीलाई सदस्यतामा समेट्ने काममा जोड दिइएको थियो।

स्रोत

सम्बन्धित समाचार