३१ असोज २०८३ English
English

दसैँ किनमेल: असन–न्युरोडमा भीड, सीमापारिभन्दा नेपालगन्ज बजारमा बढी चहलपहल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ किनमेल: असन–न्युरोडमा भीड, सीमापारिभन्दा नेपालगन्ज बजारमा बढी चहलपहल

YouTube मा सब्स्क्राइब

दसैँ बिदा सुरु हुनै लाग्दा काठमाडौँका मुख्य बजार किनमेल गर्नेको भीडले भरिएका छन् भने बाँकेको नेपालगन्जमा पहिलोपटक सीमापारिभन्दा बढी चहलपहल देखिएको छ। यसपालि दसैँमा एक हप्ताभन्दा लामो बिदा छ र अधिकांश कार्यालय बन्द हुन थालेका छन्। बिदाको पूर्वसन्ध्यामा असन इन्द्रचोक, न्युरोड र महाबौद्ध क्षेत्रमा राति अबेरसम्म ग्राहकको घुइँचो देखिएको छ।

धरहरा र न्युरोड क्षेत्रका फुटपाथ बजारमा लत्ताकपडा र जुत्ताचप्पल किन्नेको चाप बढेको छ। काठमाडौँ महानगरपालिकाले फुटपाथ पसल साँझ साढे ७ बजेपछि मात्र खोल्न दिएको छ। सामान सस्तोमा पाइने भएकाले सीमित बजेटका ग्राहक फुटपाथ बजारतर्फ आकर्षित भएका छन्।

यता, विगतका चाडपर्वमा नेपाली ग्राहकको भीड लाग्ने सीमापारि भारतको रुपैडिहा बजार यसपालि सुनसान छ भने नेपालगन्ज बजारमा कारोबार राम्रो भइरहेको छ। सरकारले केही महिनादेखि नाकाबाट भारतीय सामान भित्र्याउन कडाइ गरेपछि किनमेलका लागि मात्र सीमापारि जाने नेपाली घटेका छन्। रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डलका नगर अध्यक्ष शैलेश जायसवालले नाकामा सामान लैजान नदिइएकाले नेपाली ग्राहक आउन छाडेको बताउनुभएको छ।

उहाँका अनुसार गत वर्षसम्म ठूला चाडको एक महिनाअघिदेखि नै बाँके, बर्दिया, सुर्खेत र दाङका ग्राहकको रुपैडिहामा भीड लाग्ने गर्थ्यो, तर यसपालि दसैँ किनमेलमा आउने नेपाली कम छन्।

स्रोत

सम्बन्धित समाचार