शुक्र अस्तले दसैँका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक समिति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ।
समितिले शुक्र अस्त भए पनि नवरात्र (बडादसैँ) का कुनै पनि कर्म नरोकिने स्पष्ट पारेको छ। शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने समितिले उल्लेख गरेको छ।
शुक्र अस्त भएका कारण यस वर्ष बडादसैँ मनाउन नहुने भन्ने प्रचार भएपछि समितिले यस्तो स्पष्टीकरण दिएको हो।
समितिका अनुसार शुक्र अस्तको कारण देखाउँदै दसैँका कर्म रोक्नुपर्ने भन्ने कुरा शास्त्रसम्मत छैन। यसअनुसार सर्वसाधारणले परम्पराअनुसार नवरात्र तथा दसैँका कर्म गर्न बाधा नपर्ने समितिले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


