३१ असोज २०८३ English
English

चाडपर्वमा अनलाइन ठगी बढ्न सक्ने, ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वमा अनलाइन ठगी बढ्न सक्ने, ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

YouTube मा सब्स्क्राइब

चाडपर्वका बेला कारोबार बढ्दा अनलाइन ठगीको खतरा पनि बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई होसियार रहन आग्रह गरेको छ। बैंकिङ कारोबारको विश्लेषणमा अनलाइन ठगीका घटना बढ्दै गएको र दसैँ, तिहारमा ठगहरू सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा सक्रिय हुने इकाइले जनाएको छ। इकाइका अनुसार दसैँ धमाका वा तिहार छठ बम्पर उपहार जितेको भन्दै नक्कली लिंक पठाएर सेवा शुल्क वा करको बहानामा पहिल्यै पैसा माग्न सकिन्छ।

केवाईसी अद्यावधिक नगरे खाता बन्द हुने डर देखाउने नक्कली बैंक तथा वालेट वेबसाइटबाट पासवर्ड, ओटीपी र व्यक्तिगत विवरण चोर्ने जोखिम पनि छ। ब्रान्डेड सामानमा भारी छुटको विज्ञापन राखेर पैसा लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने प्रवृत्ति देखिन सक्ने इकाइको भनाइ छ। इकाइले ओटीपी, पासवर्ड र पिन कसैलाई नदिन तथा शङ्कास्पद लिंक नखोल्न सुझाव दिएको छ।

अनलाइन कारोबार आधिकारिक वेबसाइटबाट मात्र गर्न पनि भनिएको छ। ठगीको शङ्का लागे तुरुन्तै बैंक वा वालेट प्रदायक, नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न इकाइले आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार