३१ असोज २०८३ English
English

दसैँका लागि बजारमा थप नगद प्रवाह, रत्नपार्कमा नयाँ नोट साट्नेको भीड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँका लागि बजारमा थप नगद प्रवाह, रत्नपार्कमा नयाँ नोट साट्नेको भीड

YouTube मा सब्स्क्राइब

दसैँमा दक्षिणा दिन नयाँ नोटको माग बढेसँगै काठमाडौँको रत्नपार्क फुटपाथमा नोट साट्नेको चहलपहल बढेको छ। त्यहाँ बसेका व्यापारीले कमिसन लिएर ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट उपलब्ध गराइरहेका छन्। बैंकको लामो लाइनमा बस्न नभ्याउनेहरू अतिरिक्त शुल्क तिरेर यहीँबाट नोट लिइरहेका छन्।

व्यापारीहरू आफैँ लाइनमा बसेर नोट साट्ने र दसैँमा सडकमा बेच्ने गरेका छन्। यसैबीच, नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष दसैँलाई लक्षित गर्दै बजारमा झन्डै १ खर्ब रुपैयाँ थप नगद प्रवाह भएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार कुल चलनचल्तीको मुद्रा करिब ९ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।

असोज १ गते यो रकम करिब ८ खर्ब ४ अर्ब रुपैयाँ थियो। बैंक र राष्ट्र बैंकका ढुकुटीमा रहेको रकम घटाउँदा खुद चलनचल्तीको मुद्रा असोज १ को करिब ७ खर्ब ९७ अर्बबाट बढेर झन्डै ८ खर्ब ९५ देखि ९६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। राष्ट्र बैंकले दसैँको खर्च, लामो सार्वजनिक बिदा र हालैको बाढी–पहिरोलाई नगद माग बढ्नुका कारण मानेको छ।

स्रोत

सम्बन्धित समाचार