प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर केन्द्रले माग्यो ४२ प्राविधिक विज्ञ, तलब मासिक अढाइ लाखसम्म

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले १५ पदमा सूचना प्रविधि विज्ञ माग गरेको छ। सरकारी निकायका सफ्टवेयर प्रणाली बनाउने, परिमार्जन, स्तरोन्नति र मर्मत गर्ने कामका लागि केन्द्रले असोज २९ गते सूचना जारी गरेको हो। सूचनाअनुसार करिब ४० जना प्राविधिक जनशक्ति लिइनेछ।
सबैभन्दा बढी तलब प्रमुख प्रविधि विज्ञले पाउनेछन्, जुन मासिक २ लाख ५० हजार रुपैयाँ हो। यो पदमा एक जना मात्र लिइनेछ। २ जना प्रोजेक्ट म्यानेजर र चार क्षेत्रका सेक्टर प्रमुखलाई मासिक २ लाख रुपैयाँ दिइनेछ।
पदअनुसार सबैभन्दा कम तलब मासिक ४० हजार रुपैयाँ तोकिएको छ। सबैभन्दा धेरै, १५ जना मध्यम तहका डेभलपर लिइनेछन्। सिस्टम एनालिस्टमा ४ जना तथा सिनियर र जुनियर डेभलपरमा ३–३ जना चाहिएको छ।
साइबर सुरक्षा विज्ञ र टेक सपोर्ट पदमा पनि आवेदन खुलाइएको छ। प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजरका लागि सूचना प्रविधिमा स्नातकोत्तर तथा बाँकी पदका लागि स्नातक योग्यता चाहिन्छ। योग्य नेपाली नागरिकले सूचना निस्केको २१ दिनभित्र, अर्थात् कात्तिक १८ गतेसम्म, केन्द्रको वेबसाइट एसडीओसी डट जीओभी डट एनपीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
पदअनुसार शैक्षिक योग्यता, अनुभव, प्रस्तुतीकरण, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका आधारमा छनोट हुनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


