३१ असोज २०८३ English
English

फूलपातीदेखि विजयादशमीसम्म मौसम मुख्यतः सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
फूलपातीदेखि विजयादशमीसम्म मौसम मुख्यतः सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना
तस्बिर: नागरिक

दसैँको फूलपाती अर्थात् आज असोज ३१ गतेदेखि आउँदो बुधबार विजयादशमीसम्म देशको मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। केही ठाउँमा भने हल्का वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ।

नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले यस वर्षको दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जनाइएको छ। यसका कारण धेरै ठाउँको मौसम घमाइलो रहने पूर्वानुमान छ।

पूर्वानुमानअनुसार फूलपातीका दिन देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार