३० असोज २०८३ English
English

आईसीसी एसिया सम्मेलन नोभेम्बर १९ देखि २१ सम्म नेपालमा हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईसीसी एसिया सम्मेलन नोभेम्बर १९ देखि २१ सम्म नेपालमा हुने
तस्बिर: अनलाइनखबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा आयोजना हुने भएको छ। सम्मेलन आगामी नोभेम्बर १९ देखि २१ सम्म हुनेछ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरू नोभेम्बर १७ देखि नै नेपाल आइपुग्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको सहकार्यमा सम्मेलनको आयोजना गर्न लागेको हो।

क्यानको व्यवस्थापन तथा आईसीसीको सहकार्यमा हुने यो सम्मेलनमा एसियाली क्षेत्रका क्रिकेट प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।

सम्मेलन नेपालमा आयोजना हुने भएको जानकारी शुक्रबार सार्वजनिक गरिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार