सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी गहिरियो

अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिले अफगानिस्तानमा भोकमरी र कुपोषण झन् गहिरिएको छ। डब्लुएफपी अर्थात् विश्व खाद्य कार्यक्रम अफगानिस्तानका देशीय निर्देशक जोन एलिफले आउँदा केही महिनामा झन्डै एक करोड ९० लाख मानिसले जीवनै जोखिममा पार्ने स्तरको भोकमरी भोग्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार यो सङ्ख्या देशको कुल जनसङ्ख्याको झन्डै ४० प्रतिशत हो।
तीव्र कुपोषण अभूतपूर्व स्तरमा पुगेको एलिफको भनाइ छ। अर्को वर्ष पाँच वर्षमुनिका बालबालिका र महिलासहित करिब ५३ लाख जनालाई कुपोषण उपचार चाहिने अनुमान गरिएको छ। स्रोतको अभावले गम्भीर कुपोषणबाट प्रभावित महिला र बालबालिकाले समेत पर्याप्त सेवा पाउन सकेका छैनन्।
काबुलको इन्दिरा गान्धी बाल स्वास्थ्य संस्थानको कुपोषण उपचार कक्षका सबै २० शय्या भरिएका छन् र अस्पतालले थप बिरामी लिन सकेको छैन।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


