३१ असोज २०८३ English
English

युद्धजन्य महँगीबाट गरिब देशलाई जोगाउन आईएमएफ प्रतिबद्ध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
युद्धजन्य महँगीबाट गरिब देशलाई जोगाउन आईएमएफ प्रतिबद्ध

YouTube मा सब्स्क्राइब

अन्तर्राष्ट्रिय मुद्रा कोष, आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धपछिको महँगी र ऊर्जा सङ्कटबाट पीडित न्यून आय भएका देशलाई सघाउनु कोषको दायित्व भएको बताउनुभएको छ। थाइल्यान्डको राजधानी बैंककमा भएको वार्षिक बैठकको समापनमा शनिबार उहाँले यस्तो धारणा राख्नुभएको हो। जर्जिएभाका अनुसार एसियाको आर्थिक गतिशीलता, विश्व अर्थतन्त्रको लचिलोपन र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईका सम्भावनाले आशा जगाएका छन्।

तर मुद्रास्फीति, चर्को ऋण, युद्ध र जलवायु जोखिम भने चिन्ताका मुख्य कारण बनेका छन्। अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध छेडेपछि अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यास महँगिँदा धेरै देशमा मुद्रास्फीति थप चर्किएको छ। आईएमएफका अनुसार तेल आयातमा भर पर्ने न्यून आय भएका देशमा यसको असर सबैभन्दा बढी परेको छ।

जर्जिएभाले मुद्रास्फीतिलाई गरिबमाथि थोपरिने करसँग तुलना गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार