सहकारी रकमको जिम्मेवारी आफ्नो भएको जीबी राईको दाबी, रवि र छविलाई नजोड्न आग्रह

सहकारीको बचत रकम अपचलन प्रकरणमा लामो समयदेखि फरार रहेका जीबी राईले अज्ञात स्थलबाट नयाँ वक्तव्य जारी गरेका छन्। वक्तव्यमा उनले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकमको जिम्मेवारी आफूले लिने बताएका छन्।
राईले यस विषयमा रवि र छविलाई नजोड्न आग्रह गरेका छन्। उनले ग्यालेक्सी टीभी आफ्नो भएको र सहकारीको रकमको जिम्मेवारी पनि आफ्नै भएको उल्लेख गरेका छन्।
गोर्खा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग्नता नरहेको दाबी गरेका छन्।
वक्तव्यमा राईले आफूलाई पक्राउ गर्दैमा बचतकर्ताको रकम फिर्ता नहुने टिप्पणी पनि गरेका छन्। सहकारी ठगी प्रकरणमा उनी अझै फरार छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


