३१ असोज २०८३ English
English

चाडपर्वमा उपहार लेनदेन नगर्न रास्वपाको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्वमा उपहार लेनदेन नगर्न रास्वपाको निर्देशन

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वमा शुभकामना साटासाट गर्दा उपहार नलिन र नदिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले असोज ३१ गते जारी गर्नुभएको शुभकामना सन्देशमार्फत यो निर्देशन सार्वजनिक भएको हो। रास्वपाले स्थापनाकालदेखि नै चाडपर्वमा हुने उपहार लेनदेनलाई निरुत्साहित गर्दै आएको महामन्त्री आचार्यले स्मरण गराउनुभएको छ।

उहाँका अनुसार राजनीतिमा नागरिकबाट पाइने सद्भाव, आशीर्वाद र भरोसा नै सबैभन्दा ठूलो उपहार हो। आचार्यले चाडपर्वको मूल सन्देश स्वार्थरहित माया, आपसी सद्भाव र आत्मीयता रहेको पनि बताउनुभएको छ। सुसंस्कृत राजनीतिक संस्कार बसाल्न उहाँले सबैको साथ र सहयोग अपेक्षा गर्नुभएको छ।

सन्देशमार्फत आचार्यले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई चाडपर्वको शुभकामना दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार