आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। सन्देशमा उनले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु नहुने बताएका छन्।
प्रधानमन्त्री शाहले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन्।
शुभकामना सन्देशमा उनले देशको समृद्धि र सुशासनको विषय पनि उल्लेख गरेका छन्।
बडादसैँको सातौँ दिन आज देशभर फूलपाती भित्र्याइँदै छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


