मनसुनजन्य विपद्बाट बेनीमा २४२ घरमा क्षति, ९१ घर पूर्ण रूपमा क्षतिग्रस्त

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति पुगेको छ।
नगरपालिकाका अनुसार बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको छ। विपद्बाट नगरपालिकामा करोडौँ रुपैयाँको क्षति भएको छ।
बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले क्षतिग्रस्त सडकहरूलाई पुरानै अवस्थामा फर्काउन २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताएकी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


