३१ असोज २०८३ English
English

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको आज शपथग्रहण तथा पदबहाली

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको आज शपथग्रहण तथा पदबहाली
तस्बिर: इमेजखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाले आज शनिबार शपथग्रहण गर्ने भएका छन्। शपथग्रहण गरेसँगै उनले आजै पदबहाली गर्नेछन्।

कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुनेछ। बडादसैँको फूलपातीको अवसर पारेर यो कार्यक्रम राखिएको हो।

सभापति थापाको शपथग्रहण र पदबहाली आज भए पनि महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अन्य सदस्यहरूको शपथ भने दसैँपछि हुनेछ।

कांग्रेसको १५औँ महाधिवेशनबाट थापा पार्टी सभापतिमा निर्वाचित भएका हुन्। आजको कार्यक्रमसँगै उनले औपचारिक रूपमा पार्टीको नेतृत्व सम्हाल्नेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार