३१ असोज २०८३ English
English

गड्डाचौकी नाकामा सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुर परिचालन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गड्डाचौकी नाकामा सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुर परिचालन

YouTube मा सब्स्क्राइब

सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा लागूऔषध, हातहतियार र विस्फोटक पदार्थको अवैध ओसारपसार रोक्न तालिमप्राप्त दुई कुकुरसहितको टोली परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले असोज ३१ गते उक्त डग स्क्वाडको उद्घाटन गर्नुभएको हो। स्क्वाडमा ल्याब्राडोर जातको पोथी कुकुर ‘अल्फा’ र जर्मन शेफर्ड जातको भाले कुकुर ‘डेल्टा’ छन्।

अल्फाले लागूऔषध र डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछन्। सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमान्डमा पाँच जना तालिमप्राप्त प्रहरी र दुई कुकुरले शनिबार बिहानदेखि जाँच सुरु गरेका छन्। उक्त स्क्वाड असोज २७ गते भीमदत्त नगरपालिका–११ स्थित सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा स्थापना गरिएको थियो।

दुवै कुकुर गड्डाचौकीको सीमा सुरक्षा बल गुल्ममै राखिनेछन्। सशस्त्र प्रहरीले यसअघि २०८० मा झापाको काँकडभिट्टा, २०८१ मा पर्साको बीरगन्ज र रुपन्देहीको बेलहियामा यस्तो टोली खटाएको थियो। यस वर्ष बाँकेको जमुनाहसँगै गड्डाचौकी गरी थप दुई नाका समेटिएका छन्।

सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर आवश्यक रहेको र यसले सुरक्षा जाँच प्रभावकारी बनाउने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार