आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६४ पैसा र बिक्री दर १५२ रुपैयाँ २४ पैसा कायम भएको छ। भारतीय १०० रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
युरोपेली युरो एकको खरिद दर १७० रुपैयाँ ७० पैसा र बिक्री दर १७१ रुपैयाँ ३८ पैसा छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ १९ पैसा र बिक्री दर २०२ रुपैयाँ ९९ पैसा तोकिएको छ। अस्ट्रेलियाली डलर एकको खरिद दर १०५ रुपैयाँ ५६ पैसा र बिक्री दर १०५ रुपैयाँ ९७ पैसा छ।
चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६८ पैसा र बिक्री दर २२ रुपैयाँ ७७ पैसा कायम भएको छ। खाडी मुलुकतर्फ साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ ४१ पैसा, कतारी रियालको ४१ रुपैयाँ ६० पैसा र युएई दिराम एकको ४१ रुपैयाँ २८ पैसा छ। मलेसियाली रिंगिट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा तोकिएको छ।
जापानी १० येनको खरिद दर ९ रुपैयाँ ६० पैसा र दक्षिण कोरियाली १०० वनको खरिद दर ११ रुपैयाँ ४० पैसा कायम भएको छ।
स्रोत
- नेपाल राष्ट्र बैंक
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


