वाणिज्य विभागले दसैँलक्षित बजार अनुगमन अष्टमीसम्म गर्ने
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बडादसैँको बिदामा पनि अष्टमीसम्म बजार अनुगमन जारी राख्ने भएको छ।
विभागका अनुसार महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने बजार अनुगमन हुने छैन।
दसैँका बेला बजारमा खाद्यवस्तुको खपत बढ्छ। त्यसैले उपभोक्ताको हित जोगाउन दसैँलाई लक्षित गरी बजार अनुगमन गरिँदै आएको छ।
अनुगमनमा बजारमा बिक्री हुने वस्तुको गुणस्तर र मूल्यलगायतका विषय हेरिनेछ। बिदाको अवधिमा पनि अष्टमीसम्म अनुगमन रोकिने छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


