३१ असोज २०८३ English
English

पत्रकार किशोर श्रेष्ठलाई घरबाटै साइबर ब्युरो लगियो, उजुरीकर्ता हिमेश पन्तलाई पनि बोलाइयो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै साइबर ब्युरो लगियो, उजुरीकर्ता हिमेश पन्तलाई पनि बोलाइयो
तस्बिर: सेतोपाटी

नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै ब्युरो कार्यालय लगेको छ। ब्युरोको टोली आज बिहान नख्खुस्थित श्रेष्ठको घरमा पुगेर उनलाई नियन्त्रणमा लिई ब्युरो लगेको हो।

कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले दिएको उजुरीका आधारमा श्रेष्ठलाई ब्युरो लगिएको हो। ब्युरोले उजुरीकर्ता पन्तलाई पनि बोलाएको छ।

नेपाल लाइभका अनुसार एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली श्रेष्ठको घरमा पुगेको थियो। उक्त सञ्चारमाध्यमले श्रेष्ठले दिएको उजुरी भने सुनुवाइ नभएको उल्लेख गरेको छ।

नेपाल प्रेसले यो घटनालाई पक्राउका रूपमा रिपोर्ट गरेको छ। उसका अनुसार दसैँ बिदा सुरु भएकै दिन श्रेष्ठलाई घरबाट लगिएको हो र बालेन सरकार आएपछि उनी दोस्रो पटक पक्राउ परेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार