पत्रकार किशोर श्रेष्ठ हिमेश पन्तसँग मिलापत्र गरेर साइबर ब्युरोबाट छुटे

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ शनिबार पक्राउ परेको केही घण्टापछि रिहा भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तको निवेदनका आधारमा प्रहरीले श्रेष्ठलाई बिहान ललितपुरको नख्खु, बागडोलस्थित उनको घरबाट नेपाल प्रहरीको साइबर ब्युरो लगेको थियो। जग्गा हडपेकोसम्बन्धी समाचारको विषयलाई लिएर उजुरी परेको थियो।
साइबर ब्युरोमा भएको छलफलपछि दुवै पक्षबिच मिलापत्र कागज भएपछि श्रेष्ठ छुटेका हुन्। दुवै पक्षबिच तीनबुँदे सहमति भएको छ। सहमतिअनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ भने पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सहमति भएको छ।
पत्रकार श्रेष्ठले समाचार लेखेकै कारण आफूलाई पक्राउ गरिएको र आफूले पेसागत धर्म नछोड्ने बताएका छन्।
यसअघि नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा भर्त्सना गरेको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


