१ कात्तिक २०८३ English
English

राहत सामग्री र ड्रोनसहित गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राहत सामग्री र ड्रोनसहित गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा

YouTube मा सब्स्क्राइब

गृहमन्त्री सुधन गुरुङ शनिबार राहत सामग्री लिएर हेलिकप्टरमार्फत गोरखाको बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ। उहाँले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबास पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ। सिर्दीबास गृहमन्त्री गुरुङको गृहपालिकामा पर्ने मात्र होइन, उहाँको घर रहेको वडा पनि हो।

हेलिकप्टरमा राहतसँगै मालसामान ओसार्न सकिने दुईवटा ड्रोन पनि लगिएको जनाइएको छ। गृहमन्त्रीको गोरखाका अन्य बाढी प्रभावित स्थानको पनि निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। बूढीगण्डकीमा आएको बाढीले त्यस क्षेत्रका सडक र पैदल मार्ग बगाएपछि आवतजावत कठिन बनेको छ।

बाटो अवरुद्ध हुँदा प्रभावित बस्तीसम्म राहत पुर्‍याउन र स्थानीयसम्म पुग्न समस्या भइरहेको छ। असोज २५ गते आएको बाढीले गोरखाकै धार्चे गाउँपालिकामा मात्रै चारवटा पुल बगाएको छ। पुल बगेपछि केरौजा, रुन्चेक, हुल्चुक र केरौजावेशी जाने बाटो ठप्प हुँदा करिब ८ सय घरधुरी सम्पर्कविहीन बनेका छन्।

केरौजावेशीका १५ घरधुरीसम्म खाद्यान्न पुर्‍याउन धार्चे गाउँपालिकाले नदीमाथि तार र घिर्नीको जुगाड गरेको छ।

स्रोत

सम्बन्धित समाचार