फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२ सयभन्दा बढी पक्राउ, १५० प्रहरी घाइते

फ्रान्समा विद्यालयको दयनीय अवस्था र बढ्दो महँगीविरुद्ध शनिबार देशभर भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ।
राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन्। यस क्रममा १२ सयभन्दा बढी मानिस पक्राउ परेका छन् भने १५० प्रहरी घाइते भएका छन्।
फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शन विद्यार्थीहरूले सुरु गरेका थिए।
राष्ट्रपति इम्यानुएल म्याक्रोनको उत्तराधिकारी चयन गर्ने निर्वाचन नजिकिँदै गर्दा जीवनयापनको बढ्दो लागतविरुद्ध यो राष्ट्रव्यापी प्रदर्शन भएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

