नेपाल टेलिकम एनपीएल–३ को आधिकारिक साझेदार

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करण प्रायोजन गर्ने गरी आधिकारिक साझेदारको सम्झौता गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र नेपाल क्रिकेट सङ्घ, क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ। कार्यक्रममा टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले ब्रान्ड प्रवर्द्धन र नेपाली क्रिकेटको संस्थागत विकासमा सहयोग गर्नु प्रायोजनको मुख्य उद्देश्य रहेको बताउनुभएको छ।
अधिकारीका अनुसार टेलिकमले यसअघि पनि क्यान र यसले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ। पहिले क्लबस्तरमा सीमित रहेको सहभागिता यसपटक राष्ट्रियस्तरको व्यावसायिक साझेदारीमा विस्तार गरिएको उहाँले जानकारी दिनुभएको छ। दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको उहाँको भनाइ छ।
एनपीएल कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने तय भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

