१ कात्तिक २०८३ English
English

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

YouTube मा सब्स्क्राइब

दाङका थारू गाउँहरूमा दसैँ नजिकिँदै गर्दा सख्या पैयाँ नाचको रमझम बढेको छ। दसैँभन्दा करिब दुई साताअघिदेखि बडादसैँ नसकिँदासम्म गाउँमा सामूहिक रूपमा यो नाच नाच्ने परम्परा छ। घोराही उपमहानगरपालिका–१७ ओखरामा भने असोज १२ गतेबाटै नाच थालिएको स्थानीय रामप्रसाद चौधरीले बताउनुभएको छ।

अरू थारू बस्तीमा कतै नाच सुरु भइसकेको र कतै तयारी चलिरहेको उहाँको भनाइ छ। थारू समुदायमा मात्र नाचिने सख्या सबैभन्दा लामो अवधि चल्ने मौलिक नाच मानिन्छ। प्रायः कृष्णअष्टमी अटवारी पर्वपछि थालिएर तिहारसम्म यो नाच चल्ने संस्कृति छ।

स्थानीय लक्षिमा चौधरीका अनुसार पछिल्लो समय नाच सुरु र टुंगिने समय ठाउँपिच्छे फरक हुन थालेको छ। महिलाहरू दुई समूहमा बाँडिएर नाच्छन् भने पुरुषहरू मादल बजाउँछन्। नाच हरेक साँझ ६–७ बजेदेखि राति १०–११ बजेसम्म चल्छ।

स्रोत

सम्बन्धित समाचार