१ कात्तिक २०८३ English
English

महाअष्टमीमा डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा मेला, दर्शनार्थीको घुइँचो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।

डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरतर्फ रहेको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। मन्दिरमा भक्तजनहरू पूजा–आराधना गर्न पुगेका छन्।

बडादसैँको आठौँ दिन महाअष्टमीमा शक्तिस्वरूपा देवीको पूजा–आराधना गर्ने परम्परा छ। यस अवसरमा देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भीड लागेको छ।

उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार