वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किंग्सबाट एनपीएल खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विराटनगर किंग्सले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो।
रसेल विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका खेलाडी हुन्। ३८ वर्षीय रसेलले टी–२० क्रिकेटमा ६११ खेलमा ९ हजार ९३३ रन बनाउनुका साथै ५३९ विकेट लिएका छन्।
अनुबन्धपछि रसेलले नेपाली समर्थकको जोश र माया अनुभव गर्न आफू आतुर रहेको बताएका छन्।
एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सका लागि रसेलको अनुबन्धलाई टोलीको ठूलो साइनिङका रूपमा हेरिएको छ। आक्रामक ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने अलराउन्डरका रूपमा उनी विश्व क्रिकेटमा चिनिन्छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


