१ कात्तिक २०८३ English
English

बाढीपहिरोको क्षतिका कारण कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपहिरोको क्षतिका कारण कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्। विज्ञप्तिमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा चियापान समारोह आयोजना नगरिने उल्लेख छ।

देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला कांग्रेसले यो निर्णय गरेको हो। भोटेकोशीमा आएको बाढीमा ठूलो मानवीय क्षति भएको शोकका कारण कार्यक्रम नगरिएको जनाइएको छ।

कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष भने उक्त कार्यक्रम नहुने पार्टीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार