१ कात्तिक २०८३ English
English

भेरी–बबई डाइभर्सन २०८५ असारसम्म सक्ने लक्ष्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भेरी–बबई डाइभर्सन २०८५ असारसम्म सक्ने लक्ष्य

YouTube मा सब्स्क्राइब

विद्युत् उत्पादन र सिँचाइ विस्तारका लागि सुरु गरिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम २०८५ असारभित्र सक्ने लक्ष्यसहित निर्माणको गति बढाइएको छ। आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको आयोजना तीन वर्षमा सक्ने योजना थियो, तर १५ वर्ष बित्दा पनि अधुरै छ। आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर भरत पाठकका अनुसार भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति करिब ६७ प्रतिशत पुगेको छ।

काम ढिलो हुँदा आयोजना सक्ने म्याद पटक–पटक सर्दै आएको छ। मुख्य सिभिल संरचनाको निर्माणमा भएको ढिलाइको असर अन्य निर्माण प्याकेजमा समेत परेको छ। यसले गर्दा तोकिएको समयभित्र आयोजना सक्न चुनौती देखिएको छ।

पाठकका अनुसार बाँकी काम सक्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान छ। पछिल्लो समय कामको रफ्तार बढाइएको उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार