एमालेसँग सहकार्यको निर्णय भएको छैन, सरकार बनाउन दाबी गरेका छैनौँ : जसपा अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) सँग सहकार्य गर्ने कुनै निर्णय नभएको बताएका छन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।
उनले जसपा नेपालले सरकार बनाउन कुनै दाबी पनि नगरेको स्पष्ट पारेका छन्। रातोपाटीका अनुसार जसपाले एमालेसँग सहकार्य नगर्ने स्पष्ट पारेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


