१ कात्तिक २०८३ English
English

बाढीले क्षतिग्रस्त कालीगण्डकी करिडोर प्रसारण लाइन २१ दिनपछि सञ्चालनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीले क्षतिग्रस्त कालीगण्डकी करिडोर प्रसारण लाइन २१ दिनपछि सञ्चालनमा
तस्बिर: उज्यालो

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ। प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि सञ्चालनमा आएको हो।

बाढी र कटानका कारण क्षतिग्रस्त बनेको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ। विपद्का समयमा आकस्मिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्न अस्थायी टावर निर्माण गरी लाइन मर्मत गरिएको हो।

मर्मतपछि १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको रातोपाटीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार