१ कात्तिक २०८३ English
English

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

YouTube मा सब्स्क्राइब

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारको वर्षाको पानी निकास र भवन निर्माणलाई पूर्वाधार विकासको मुख्य प्राथमिकतामा राखेको छ। गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ ट्र्याक खोल्ने र पाइपलाइन विस्तारका काम पहिलो प्राथमिकतामा परेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार यस अवधिमा करिब ४ हजार ९ सय मिटर सडक ढलान र करिब १ हजार ३ सय मिटर कालोपत्र भएको छ।

करिब ९ सय मिटर नाली बनेको छ भने करिब ३ हजार ६ सय मिटर नयाँ सडक ट्र्याक खोलिएको छ। खानेपानीतर्फ करिब ८ हजार ५ सय मिटर नयाँ पाइपलाइन विस्तार गरिएको र ४ वटा सार्वजनिक धारा बनाइएको शर्माले बताउनुभएको छ। गाउँपालिकाले करिब १ हजार ६ सय मिटर सडकको मर्मतसम्भार पनि गरेको छ।

सेवा प्रवाहका लागि २ वटा नयाँ भवन बनाइएको र ७ वटा भवन मर्मत गरिएको उहाँले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार